१७ माघ । गत पुस १३ गते ललितपुरको बालकुमारीमा २ जनाको ज्यान जाने गरी भएको घटनाका सन्दर्भमा बयान दिन भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई बोलाइएको छ। बालकुमारी घटनाबारे जाँचबुझ गर्न गठित आयोगले मन्त्री ज्वालालाई बयानका लागि बोलाएको हो।
आयोगका १ जना सदस्यले मन्त्री ज्वालाई बयानका लागि उपस्थित हुन भनेर पत्र काटिएको जानकारी दिए। घटना भएको दिन घटना क्षेत्रमा किन गएको तथा उक्त क्षेत्रमा के–के भएको थियो भन्नेबारे प्रश्न सोध्न मन्त्री ज्वालालाई बोलाइएको ती सदस्यले जानकारी दिए।
मन्त्री ज्वालाले माघ १७ मा आयोगमा गएर आफ्ना कुरा राख्ने आयोगलाई जानकारी गराएका छन्। पुस १३ मा बालकुमारीमा प्रहरीको ‘घातक’ बल प्रयोगबाट वैदेशिक रोजगारीमा जान चाहने अछामका वीरेन्द्र शाह र दैलेख घर भएका सुजन रावतले ज्यान गुमाएका थिए।
वैदेशिक रोजगारीका लागि कोरिया जानेका सन्दर्भमा तय भएका कतिपय प्रावधानको विरोधमा युवाहरुले बालकुमारीमा प्रदर्शन गरेका थिए। प्रदर्शनका क्रममा मन्त्री ज्वाला झण्डावाल गाडीमा उक्त क्षेत्रमा पुगेका थिए।








प्रतिक्रिया