१० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


पाटन ल्याइयो रातो मच्छिन्द्रनाथ



१७ माघ । ‘वर्षा र सहकालका’ देवता रातो मच्छिन्द्रनाथलाई बुधबार ललितपुरको बुङ्मतीबाट पाटनको मच्छिन्द्रबहाल मन्दिर ल्याइएको छ। मच्छिन्द्रनाथलाई बुङ्मतीबाट ल्याएर पाटनको तःबहाल मन्दिरमा राखिएको छ।
रातो मच्छिन्द्रनाथलाई ६ महिना पाटन र ६ महिना बुङ्मती राखिने चलन छ। त्यहीअनुसार बुधबार साढे ३ बजेको साइतमा बुङ्मती मन्दिरबाट तःबहाल मन्दिरमा सारिएको छ। किम्वदन्तीअनुसार एक पटक गोरखनाथलाई कान्तिपुरवासीले भिक्षा नदिएपछि त्यसको झोकमा उनले पशुपति मृगस्थलीमा नवनागलाई आसन बनाए।

उनले आसन बनाएर बसेपछि १२ वर्षसम्म वर्षा नभई अनिकाल भयो। त्यसपछि यसको समाधान खोज्दै जाँदा गोरखनाथका गुरु मच्छिन्द्रनाथलाई कान्तिपुर ल्याएमा उनी आसनबाट उठी वर्षा र सहकाल हुने स्थानीयले थाहा पाए।
त्यहीअनुसार भक्तपुरका राजा नरेन्द्रदेव, काठमाडौँका राजा बन्धुदत्त बज्राचार्य र ललितपुरका कृषक ललित रथचक्र मिलेर मच्छिन्द्रनाथलाई भारतको कामारुकामाक्षबाट नेपाल ल्याएको किम्वदन्ती छ।

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार  १ : ४६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।