१० कार्तिक २०८१, शनिबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको चन्द्रागिरी र भक्तपुरको कटुन्जेमा एकै दिन चोरी



१७ माघ । काठमाडौंको चन्द्रागिरी र भक्तपुरको कटुन्जेमा मंगलबार एकै दिच चोरी भएको छ ।
प्रहरीका अनुसार काठमाडौंको चन्द्रागिरी नगरपालिका ३ माटिखेल बस्ने निर्मलब लामाको घरबाट कोही नभएको अवस्थामा नगद ५० हजार रूपैयाँ, सुनको विभिन्न गहना र घडी समेत गरी करिव २१ लाख ४५ हजार रूपैयाँ बराबरको धनमाल मंगलबार दिउँसो चोरी भएको छ ।
साथै मंगलबार साँझ भक्तपुर सूर्यबिनायक नगरपालिका ५ कटुन्जे ढुंगेल गाउँमा बस्ने रामकृष्ण श्रेष्ठको घरबाट कोही नभएको अवस्थामा नगद २० हजार, डायमण्ड, सुन र चाँदीका विभिन्न गहना, थाली, करूवा, कचौरा समेत गरी करिब ६ लाख ७ हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको छ ।
घटनाहरुका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार  ३ : १५ बजे