१८ माघ । भिजिट भिसाको नाममा मानव तस्करी गरेको आरोपमा २२ जनाविरुद्ध मुद्दा दायर भएको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयले विमानस्थल अध्यागमनका ९ जना अधिकृतसहित २२ जनाविरुद्ध सरकारी लिखत कीर्ते र संगठित अपराध सम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौंमा मुद्धा दायर गरेको हो।
मुद्दा दर्ता भएका २२ जनामध्ये १२ जना फरार प्रतिवादी रहेको बताइएको छ।
फरारमध्ये ८ जना सरकारी कर्मचारी छन्। जसमा राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणमा कार्यरत ताराबहादुर कुँवर, अध्यागमन अधिकृत कुशल बराल, शैलेन्द्र ढकाल, विमल पौडेल, विष्णुप्रसाद अर्याल, विकास डंगोल, पिताम्बर रिमाल र सुजन फागो लिम्बु छन्।
पक्राउ परेका नरवीर खड्का र ताराबहादुर कुँवरसँग सेटिङ गरेर विचौलियाले भिजिट भिसामा युवालाई खाडी मुलुक पठाएको खुलेको छ। पक्राउ परेका ट्राभल्स एजेन्सीका सञ्चालक मनोज तामाङले पनि अध्यागमनका दुई अधिकृतलाई पैसा बुझाएर विमानस्थलको सेटिङ मिलाएको बयान दिएका छन्।








प्रतिक्रिया