१० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौंका पेट्रोल पम्प पहेँलो रङका हुने



१८ माघ । काठमाडौं महानगरपालिका क्षेत्रभित्रका सबै पेट्रोल पम्पले अब अनिवार्य पहेँलो रङ लगाउनुपर्ने भएको छ । महानगरपालिकाको कार्यालय काठमाडौं प्लाजामा बसेकोे पेट्रोल पम्पहरूको सञ्चालन र व्यवस्थापनका लागि सरोकारवाला संघसंस्था तथा निकायको प्रतिनिधि बैठकले यस्तो निर्णय गरेको हो ।

नगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीको संयोजकत्वमा बसेको बैठकले पेट्रोल पम्पमा सेवाग्राहीलाई निःशुल्क शौचालय उपलब्ध भएको जानकारीमूलक बोर्ड झुन्ड्याउने, पम्पमा कार्यरत ‘नोजल म्यान’ ले खैरो रङको व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) लगाउने निर्णय गरेको महानगर प्रहरीले जनाएको छ ।

पम्पमा कार्यरत कर्मचारीलाई काठमाडौं महानगर प्रहरीले आधारभूत अग्नि नियन्त्रण तालिम दिने निर्णय भएको नगर प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ माघ २०८०, बिहिबार  ५ : ०६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।