४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


भारतीय मोडल पुनमले आफ्नो मृत्यु झूटो खबर फैलाएपछि चर्को आलोचना



मुम्बई
२० माघ । भारतीय मोडल तथा अभिनेत्री पूनम पाण्डेले इन्स्टाग्राममार्फत आफ्नो मृत्यु भएको खबर शुक्रबार सार्वजनिक भयो । धेरैले घटना झूटो भएको आकलन गरे ।
उनको मृत्युबारे खबर सार्वजनिक नभएपछि शनिबारसम्म शंका थप बलियो बन्यो । उनकै इन्स्टाग्राममा पुन उनको मृत्युको खबर झुटो भएको भन्दै मोडल पाण्डे बोलेपछि उनका समर्थक आक्रोसित बनेको खबर छ ।
भिडियोमा आफ्नो मृत्यु भएको झूटो खबर आफैले फौलाएको बताएपछि उनको चर्को आलोचना भएको छ ।

भिडियोमा उनी पूर्णतया स्वस्थ देखिएकी छिन् । उनले पाठेघरको मुखको क्यान्सरबारे जनचेतना जगाउन आफ्नो मृत्युको झूटो खबर सार्वजनिक गरेको बताएकी छिन् । उनले भनेकी छिन्, ‘म अझै जिउँदै छु, मरेको छैन । पाठेघरको मुखको क्यान्सरकाबारे जनचेतना फैलाउन झूटो खबर सार्वजनिक गरेकी हुँ ।’

पाठेघरको क्यान्सबाट बच्न महिलाले एचपीभी भ्याक्सिन मात्रै परीक्षण गराउनु पर्ने र यस्का जनचेतनका लागि आफूले आफ्नै मृत्युको खबर फैलाएको भिडियोमार्फत जानकारी दिएकी छिन् ।

 

प्रकाशित मिति : २० माघ २०८०, शनिबार  १२ : २७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।