१० कार्तिक २०८१, शनिबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंमा भएको स्कुटर दुर्घटनामा युवतीको मृत्यु



काठमाडौं
२१ माघ । काठमाडौं महानगरपालिका ३२ कोटेश्वर नजिकै अष्टाङगस्थित सडकमा भएको स्कुटर दुर्घटनामा एक युवतीको मृत्यु भएको छ ।
प्रहरीका अनुसार आइतबार बिहान बा.७३ प ४९२७ नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा स्कुटर चालक काठमाडौं महानगरपालिका ३ बाँसबारी बस्ने ४४ वर्षीया सन्तोषी खड्काको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको सिभिल अस्पताल नयाँबानेश्वरमा उपचारको क्रममा मृत्यु भएको थियो ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २१ माघ २०८०, आइतबार  ३ : १६ बजे