२४ माघ २०८२, शुक्रबार | Fri Feb 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौं महानगरपालिकामा सतर्कता केन्द्रको छड्के



२१ माघ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तरगत रहेको राष्ट्रिय सतर्कता केन्द्रले काठमाडौं महानगरपालिकामा छड्के गरेको छ ।
सो क्रममा ९ जना कर्मचारी तोकिएको पोशाक नलगाई कार्यालय आएको भटिएको छ । २ जना कार्यकक्षमा नभएको पाइएको केन्द्रले जानकारी दिएको छ । महानगरपालिकाका वडा नम्बर १० को कार्यालयमा छड्के गर्दा ७ जना कर्मचारी अनुपस्थित भेटिएका छन् । एक जना कार्यकक्षमा नभेटिएको केन्द्रका सूचना अधिकारी हरिप्रसाद शर्माले जानकारी दिए ।

वडा नम्बर २९को कार्यालयमा ५ जना अनुपस्थित भेटिए भने ३ जना पोशाक विना नै उपस्थित भएको पाइएको सूचना अधिकारीले शर्माले बताए ।केन्द्रले महानगरपालिकामा सेवाग्राही सन्तुष्टि सर्वेक्षण पनि गरेको छ । सेवाग्राहीलाई सेवामा रहेका सहजता/असहजताबारे सर्वेक्षण गरेको हो ।

प्रकाशित मिति : २१ माघ २०८०, आइतबार  ३ : २८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।