५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘रुमानीः रङ्ग’ मा देखिँदै अभिनेत्री साम्राज्ञी



२२ माघ । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह फिल्म ‘रुमानीः रङ्ग’ मा अनुबन्धित भएकी छिन्। निर्माणटिमले एक पोस्टर सार्वजनिक गर्दै फिल्मको घोषणा गरेको हो। यस फिल्ममा साम्राज्ञीसहित अभिनेता आर्यन अधिकारी मुख्य भूमिकामा देखिनेछन्। फिल्म ‘नांगो गाउँ’ पछि नयाँ फिल्म साइन नगरेकी साम्राज्ञी यस फिल्ममार्फत दर्शकमाझ आउनेछिन्।

लभस्टोरी जनरामा निर्माण हुन लागेको फिल्मको छायाङ्कन अष्ट्रेलियामा हुने बताइएको छ। महेश पौडेलले खिच्ने फिल्मलाई अनील योञ्जनले निर्देशन गर्नेछन्। निर्देशक योञ्जनले यसअघि फिल्म ‘डायरी’ बनाएका थिए।

नेपाली फिल्मक्षेत्रकी चर्चित अभिनेत्री भएपनि गतवर्ष साम्राज्ञीले खेलेका फिल्महरु असफल भएका थिए। जसकारण उनले केही समय लगाएर नयाँ फिल्म साइन गरेकी हुन्।

प्रकाशित मिति : २२ माघ २०८०, सोमबार  ३ : २० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।