२० माघ २०८२, सोमबार | Tue Feb 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र हात्तीछाप हेरेपछि सौगात मल्लले भने,‘मेरो अभिनय मन परेन’



ललितखबर
२४ माघ । राजधानी काठमाडौंमा मंगलबार चलचित्र हेरेपछि अभिनेता सौगात मल्लले आफ्नो अभिनय मन नपरेको बताएका छन् ।
एक चलचित्र भवनमा आयोजित प्रिमियरमा चलचित्र हेरेर फर्कने क्रममा पत्रकारहरुसँग अभिनेता मल्लले चलचित्रको पक्षमा खुलेर बोलेनन् । उनले चलचित्र राम्रो रहेको समेत बताउन चाहेनन् ।
प्रर्दशनपछि चलचित्रको पात्र ‘बोटल राजा’को रुपमा चिन्ने विषयसमेत उनले संशय व्यक्त गरे । उनले चलचित्रको विषयमा भने, ‘खै दर्शकले कसरी लिन्छन् । थाहा छैन । मैले पनि कुर्ने हो ।’
उनले आफ्नो अभिनय नराम्रो लागे पनि अन्य कालकारको अभिनय भने मन परेको प्रतिकृया दिए । उनले आफ्नो अभिनयबारे कहिले पनि केही भन्न नसक्ने बताएका हुन् ।
केही समयअघि चलचित्रको ट्रेलर सार्वजनिक भएसँगै आफ्नो अभिनय ट्रेलरमा सशक्त रुपमा नराखिएको भन्दै असन्तुष्टि जनाएको विषय सञ्चारमाध्यमहरुमा सार्वजनिक भएको थियो ।
चलचित्र हेरेर मुख्य कलाकार समेत रहेका मल्ल आफैले चलचित्रको सकारात्मक प्रचार प्रसार गर्न नचाहेको देखिएको छ ।
चलचित्रको प्रिमियरमा उपासना सिंह ठकुरी,बेनिसा हमाललगायत सहभागी थिए ।
चलचित्र हेरेपछि अभिनेत्री बेनिसा हमालले पनि चलचित्रबारे मुख चपाएर बोलिन् । उनले आफ्नो भूमिकामा रमाएको प्रतिकृया दिदै चलचित्रले दर्शकलाई बाध्ने बताइन् । उपासनासिंहले चलचित्रको अन्त्य दमदार रहेकाले राम्रो हुने प्रतिकृया दिइन् ।
चलचित्रको प्रशंसा गर्न छोडेर बेनिसा र उपासनाले एक अर्काको प्रशंशा गरेका थिए ।

प्रकाशित मिति : २४ माघ २०८०, बुधबार  ३ : ३८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।