२५ माघ । काठमाडौं महानगरपालिकाले शान्ति वाटिकामा धर्ना तथा विरोध प्रदर्शन गर्न रोक लगाएको भन्दै पीडितहरु महानगरपालिकाविरुद्ध आन्दोलित भएका छन् ।
शान्ति वाटिकामा विभिन्न माग तथा मुद्दा लिएर पीडितहरुको छुट्टाछुट्टै समूह धर्ना बस्दै आएका छन् । गत सोमबार काठमाडौं महानगरले शान्ति वाटिकामा धर्नारत पीडितहरुलाई हटाएसँगै पीडितहरु आन्दोलित भएका हुन् । शान्ति वाटिकामा पीडितहरुले आज संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै आफूहरुलाई महानगरपालिकाले ज्यादति गरेको बताएका हुन् । शान्तिपूर्ण तरिकाले आन्दोलन गर्न पाउने र आफ्ना कुरा राख्न पाउने संविधानप्रदत्त अधिकारमाथि महानगरका मेयर बालेन्द्र शाहले हस्तक्षेप गरेका उनीहरुको भनाइ छ । उनीहरुले शान्ति वाटिकामा आफूहरुको धर्ना जारी रहने पनि बताएका छन् ।
प्रतिक्रिया