ललितखबर
२६ माघ । चलचित्र दयारानीका निर्देशक माओत्से गुरुङ विहीबार साँझ फुरुङ देखिन्थे । राजधानीमा चलचित्रको प्रिमियरमा आएका कलाकार र शुभेच्छुकले उनको चलचित्रको प्रशंसा गरे भने विभिन्न संस्थाका प्रतिनिधिले हजारको नोट निधारमा सिउरेर सम्मान गरे ।
गुरुङ समुदायका अगुवाहरुले सम्मान गरिरहदा उनको निधारभरि पैसा राख्नेहरुको भीड थियो ।
चलचित्रको प्रशंसा र वाहवाह सुन्दा उनको निधारमा पैसैपैसा लेखिएको भान हुन्थ्यो ।
गुरुङ संस्कृतीको प्रबद्र्धन गरेको भन्दै संघ संस्थाको प्रतिनिधिले उनलाई सम्मान गरेका हुन् ।
प्रिमियरमा गुरुङसेनीहरु संस्कृती प्रबद्र्धनका लागि परम्परागत गीतसँगीतसँगै नाचमा मस्त थिए ।
चलचित्र पोखरा र वरपर छायाँकन गरिएको छ । निर्देशक तथा लेखक गुरुङले कास्कीको मादी गाँउपालिका मा चलचित्र छायाँकन गरेर यहाँको संस्कृती तथा पर्यटन प्रबद्र्धनका लागि योगदान दिएको भन्दै गाँउपालिकाले गाँउमै बोलाएर सम्मान गर्ने भएको छ ।







प्रतिक्रिया