२६ माघ । चाँगुनारायण नगरपालिकाका पुवर थापा परिवारले तान्त्रिक विद्याअनुसार १ सय ८ भारी दाउराको आगाको भुँग्रोमा नाचेर खली खुवाउने काम सम्पन्न गरेका छन् ।
बुधबार राति चाँगुनारायण नगरपालिका वडा–५ पिखेल चौतारा, ढुङगेधार आसपास क्षेत्रमा बसोवास गर्ने पुवर थापा कपिल गोत्रका ४१ घरपरिवारका करिव २ सय जनाले विज्ञानलाई समेत चुनौति दिँदै तान्त्रिक विद्याअनुसार आगाको भुँग्रोमा नाचेर खली खुवाउने काम सम्पन्न गरेका हुन् ।
यसरी खली खुवाउने काम सम्पन्न गर्न धामी गुरुहरुले तान्त्रिक विधिअनुसार एक महिना लगाएर कपिल गोत्रका पुवर थापा घरपरिवारले मान्दै आएका महाकाली, दक्षिणकाली र सोहि कुलका १२ जना नयाँ डाङ्ग्रेहरु तयार परेका थिए । ती डाग्रेहरु १२ वर्षका बच्चादेखि ७८ वर्षका वृद्धसम्म छन् ।
उनीहरु आगोको राप अर्थात कोइलामा खाली खुट्टाले टेकेर आगो पूर्ण रुपमा निभाएपछि पाको वायु भएको मानिन्छ । कुलायन पुजामा सहभागी बनेका डाग्रेहरुले खाली खुट्टाले आगोको भुँग्रोमा जान आफूहरुलाई शुरुमा डर लागेपनि पछि मज्जाले नाच्न सकेको प्रतिक्रिया दिएका छन् ।
कुलपूजामा कुलको जिम्मा लिन तयार हुने व्यक्तिलाई डाङ्ग्रे भन्ने गरिन्छ । खली खुवाउने दिन बेलुका ती डाँग्रेहरुलाई गुरुहरुसहित १ सय ८ भारी दाउराको भुँग्रो खरानी नबन्दासम्म नाच्न लगाउने र त्यस पश्चात विभिन्न नाममा थापिएको देवी देवतालाई बली दिइ डाँग्रेहरुलाई बत्ती खुवाएर खली खुवाउने काम सम्पन्न गर्ने परम्परा छ ।
प्रतिक्रिया