४ माघ २०८१, शुक्रबार | Sat Jan 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुर र कीर्तिपुरका सुुँगुरमा ‘अफ्रिकन स्वाइन फिभर’ रोग पुष्टि



२६ माघ । ललितपुर र कीर्तिपुरमा पनि ‘अफ्रिकन स्वाइन फिभर’पुष्टि भएको छ । ललितपुर महानगरले सूचना निकालेर लमजुङ, कास्की, तनहुँ, ललितपुरको गोदावरी नगरपालिका र काठमाण्डाैको कीर्तिपुर नगरपालिकामा समेत सुँगुरमा लाग्ने महामारीजन्य रोग अफ्रिकन स्वाइन फिभर देखापरेको पुष्टि भएको जनाएको हो । महानगरको पशु शाखाले रोगको शङ्का लागेका पशुलाई छुट्टाएर अलग्ग राख्न, मरेका पशुलाई राम्रोसँग खाडलमा गाड्न तथा जलाउन भनेको छ ।

ललितपुर महानगरपालिका क्षेत्रभित्रका विभिन्न ठाउँमा पालिएका बङ्गुर र सुँगुर पालक व्यवसायीले रोग फैलिन नदिन उच्च सतर्कता अपनाउन पशु सेवा शाखाले आग्रह गरेको छ । घरपालुवा सुँगुर र बङ्गुरलाई जङ्गली बँदेलको सम्पर्कमा आउन नदिने भन्दै महानगरले रोग देखापरेको क्षेत्रबाट सुँगुर प्रजाती पाठापाठी सङ्क्रमित मासु र दाना ओसारपसार नगर्न समेत भनेको छ ।

यसैबीच कीर्तिपुर नगरमा समेत यो रोगको प्रकोप देखिएकोले सुँगुर तथा बङ्गुर पालक किसानहरूलाई यो रोगबाट फार्ममा सङ्क्रमण हुन नदिन जैविक सुरक्षा विधि अपनाउन चन्द्रागिरि नगरपालिकाको पशु सेवा शाखाले अनुरोध गरेको छ ।

शाखाले फार्ममा रहेका सुङ्गुर तथा बङ्गुरमा शङ्कास्पद लक्षण देखा परेमा नगर पशु सेवा शाखामा यथाशीघ्र सम्पर्क गर्न भनेको छ । फार्ममा रहेका सुँगुर बङ्गुरको सङ्ख्या टिपाउन समेत नगरका पशु सेवा अधिकृत बद्री पौडेलले सबैलाई आग्रह गरेका छन् ।

 

प्रकाशित मिति : २६ माघ २०८०, शुक्रबार  ७ : ४० बजे