२४ माघ २०८२, शुक्रबार | Fri Feb 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौंबाट एम्फेटामाईन र नियन्त्रित लागूऔषधसहित ४ जना पक्राउ



२६ माघ । काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-८ स्थित सडकबाट मनोद्धिपक लागू पदार्थ एम्फेटामाईन ९७ ट्याब्लेटसहित बंगलादेशी नागरिक ३५ वर्षीय मोहमद मामुन खानलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा बंगलादेशी नागरिक २७ वर्षीय मोहमद जोनी खानलाई बुढानिलकण्ठ नगरपालिका-७ स्थित डेरा कोठामा फेला पारी तलासी गर्दा कोठाबाट एम्फेटामाईन १ सय ३ ट्याब्लेट फेला पारी उनलाई समेत प्रहरीले पक्राउ गरेको छ ।

यसैगरी काठमाडौं महानगरपालिका-१४ खड्का गाउँस्थित सडकबाट नियन्त्रित लागूऔषध डाइजेपाम, बुप्रेनोर्फिन र प्रोमेथाजाइन ६ सय एम्पुलसहित लम्जुङ बेसीशहर नगरपालिका-३ ठेगाना भएका ४३ वर्षीय बिक्रम बहादुर थापा र धादिङ सिद्धलेक गाउँपालिका-२ ठेगाना भएका ३९ वर्षीय पित नारायण श्रेष्ठलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले बा.६ च ३८३ नम्बरको कार तलासी गर्दा कारभित्र लुकाई राखेको उक्त लागूऔषध फेला पारी कारमा सवार उनीहरूलाई पक्राउ गरेको हो । साथै पित नारायणको काठमाडौं चन्द्रागिरी नगरपालिका-५ स्थित डेराबाट थप ६ हजार एम्पुल नियन्त्रित लागूऔषध बरामद भएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

प्रकाशित मिति : २६ माघ २०८०, शुक्रबार  ३ : ५४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।