१० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


मध्यपुरथिमिको कवाडी स्टोरमा आगलागी   



२७ माघ । भक्तपुरको मध्यपुरथिमि नगरपालिकाको कमेरोटारस्थित कवाडी सङ्कलन केन्द्रमा आगलागी भएको छ । राकेश जैसवाल र सर्बजी जैसवालले सञ्चालन गरेको जस्ताको टहरामा करेन्ट सर्ट भई आगलागी भएको हो ।

आगो नियन्त्रणका लागि सशस्त्र प्रहरी बल नेपाल नं २२ गण दुवाकोट भक्तपुरबाट सशस्त्र प्रहरी निरीक्षक हिमाल थापाको कमान्डमा २९ जनाको टोली, नेपाली सेना भैरव वाहन गुल्मबाट सहसेनानी भगवान केसीको कमान्डमा २० र मध्यपुरथिमि वृत्तबाट नेपाल प्रहरी विकास केसीको नेतृत्वमा १० जनाको टोलीले ३ बजे आगो नियन्त्रणमा लिएको नेपाली सनोका सहसेनानी केसीले जानकारी दिए ।

आगलागी नियन्त्रणका लागि जुद्ध वारुणयन्त्र कार्यालय भक्तपुरबाट दुईवटा दमकल, नेपाली सेनाको दमकल र काठमाडौँबाट समेत दमकल परिचालन गरिएको थियो । आगलागीबाट मानवीय क्षति नभएको र भौतिक क्षतितर्फ रु १५ लाख बराबरको क्षति भएको जनाइएको छ ।

प्रकाशित मिति : २७ माघ २०८०, शनिबार  २ : ५५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।