२७ माघ । काठमाडौँको दुई स्थानमा लाखौँ रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । टोखा नगरपालिका-७ धापासी डेरा गरी बस्ने गुल्मी इस्मा गाउँपालिका-१ घर भएका कृष्ण घिमिरेको कोठामा चोरी भएको हो ।
शुक्रबार दिउँसो नगद तथा सुनका विभिन्न गरगहना समेत गरी करिब ३ लाख १० हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीको भनाई छ ।
यसैगरी काठमाडौँ महानगरपालिका-१४ कुलेश्वरस्थित बारा गढीमाई नगरपालिका-२ घर भई हाल काठमाडौँ चन्द्रागिरि नगरपालिका-१५ तिनथाना बस्ने ४७ वर्षीय मनोज कुमार गुप्ताको अमन खाद्य स्टोरको सटरको ताला फोडेर नगद करिब २० लाख रुपैयाँ गएराति चोरी भएको छ ।








प्रतिक्रिया