२४ माघ २०८२, शुक्रबार | Fri Feb 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


भक्तपुरमा बसले ठक्कर दिँदा एक जनाको मृत्यु



२८ माघ । बसले मोटरसाइकललाई ठक्कर दिंदा भक्तपुरमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रेको धुलिखेल नगरपालिका-७ बाँसघारीका ५४ वर्षीय मुकुन्दप्रसाद तिमिल्सिना रहेका छन् ।

सूर्यविनायक नगरपालिका- १० पलासेमा साँगाबाट जगातीतर्फ आउँदै गरेको बा२ख ९४५४ नम्बरको बसले विपरीत दिशातिर जाँदै गरेको बा.७८ प.३१५५ नं. को मोटरसाइकललाई ठक्कर दिएको थियो ।

बसको ठक्करपछि सख्त घाइते भएका मोटरसाइकल चालक तिमिल्सिनाको मध्यपुर अस्पतालमा शनिबार राति नै मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

प्रहरीले बससहित चालक दोलखा भीमेश्वर नगरपालिका-७ घर भई काभ्रे बस्ने ३५ वर्षीय देहेन्द्रसिंह बस्नेतलाई नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २८ माघ २०८०, आइतबार  ५ : ११ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।