१ फागुन । झण्डै दुई करोड नेपाली नक्कली नोट सहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।
प्रहरीका अनुसार सुनसरी ईनरुवा नगरबाट भारतको बिहार राज्य बिरपपुर ५ का २२ वर्षीय छोटु भनिने मोहमद सैयाद साफीलाई माघ २८ गते विआर ११ एक्स ३४२९ नम्बरको स्कारपियो गाडीबाट एक करोड बयासी लाख एकाउन्न हजारसहित पक्राउ परेका छन् ।
चेकजाँच गर्ने क्रममा गाडी भित्र लुकाई छिपाई राखेको अवस्थामा सो रकम पक्राउ परेको प्रहरीको भनाई छ ।
बरामद नक्कली नोट सम्बन्धमा अनुसन्धान भइरहेको सुनसरी प्रहरीले जानकारी दिएको छ ।
१ फाल्गुन २०८०, मंगलबार
34
Shares








प्रतिक्रिया