४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


नीतिको डेब्यु चलचित्र ‘खजुरे ब्रो’ को छायाँकन सकियो



२ फागुन । चलचित्र ‘खजुरे ब्रो’ को छायाँकन सकिएको छ। एक महिना देखि धरानमा भई रहेको सुटिंग सकिएको छ। चलचित्रको सम्पूर्ण छायाँकन २५ दिनमा सकिएको कार्यकारी निर्माता डायमन्ड उप्रेतीले दिए। चलचित्र ‘खजुरे ब्रो’ पारिवारिक व्यङ्ग्यात्मक ‘लाइट कमेडी’ जनरामा आधारित व्यावसायिक चलचित्र हो। चलचित्रले धरानको संस्कृतिको प्रवर्धन गर्ने र ठूलो पर्दामा स्थानीय कला र रहनसहन झल्काउने निर्माण पक्षको भनाइ छ । चलचित्रको छायाँकन तोकिएकै समयमा सहज वातावरणमा सम्पन्न भएको छ। छायाँकनको क्रममा स्थानीयले ठुलो सहयोग गरेको निर्माता नवीन मानन्धरले बताए। चलचित्रको छिट्टै पोस्ट प्रोडक्सनको काम अघि बढ्ने निर्माण टिमले जानकारी दिए।

दिव्यदृश्य इन्टरटेन्टमेन्टको ब्यानरमा निर्देशक सुरज सुनुवारको निर्देशनमा निर्माण भएको चलचित्र ‘खजुरे ब्रो’ को निर्माण नवीन मानन्धर र सुरज सुनुवारले गरेका हुन्। कमेडी जनराको चलचित्रको लेखक पनि निर्देशक सुनुवार नै हुन् । चलचित्रमा रेयर राई,महेश त्रिपाठी,नीति शाह,नविन मानन्धर,प्रकाश भुजेल,बिनिता थापा मगर,सुष्मा निरौला, पुस्कर कार्की,मनिष राउत,प्रेम सुब्बा र सुजाता राईको मुख्य भूमिका रहनेछ। ‘खजुरे ब्रो’ नीति शाहको डेब्यु चलचित्र हो। चलचित्रमा दार्जलिङ्गका कलाकार शान्तिला तामाङको पनि अभिनय रहेको छ। चलचित्रमा धरानका मेयर हर्क साम्पाङले अतिथि कलाकारको भूमिकाको काम गरेका छन् । चलचित्रमा मेयर हर्क साम्पाङको बिसेष भूमिका रहेको छ।

चलचित्रका कार्यकारी निर्माता डायमन्ड उप्रेती हुन् । शिशिर बिसंखेले छायाँकन गरेको चलचित्रमा अनमोल गुरुङको संगीत, सोनाली शिल्पकारको मेकअप रहेको छ। चलचित्रको सह निर्माता अनिल मानन्धर र पिकेश मानन्धर रहेका छन्। दिब्य दृश्य इन्टरटेन्टमेन्टले निर्माण गर्न लागेको चलचित्रमा इन एसोसियसन विथ मान्द्रो प्रोडक्सन र मल्टी प्रपोज प्रा.लि.को रहेको छ। चलचित्र जेठ महिनामा प्रदर्शन गर्ने निर्माण टिमको योजना रहेको छ।

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार  ८ : १३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।