२६ माघ २०८२, आइतबार | Sun Feb 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


महिलाको शव निर्वस्त्र अवस्थामा फेला



सल्लेरी (सोलुखुम्बु)
३ फागुन । एक महिलाको शव सोलुखुम्बुमा निर्वस्त्र  अवस्थामा फेला परेको छ ।
प्रहरी निरीक्षक अनिल मिश्रले ओखलढुङ्गा खिजिदेम्बा गाउँपालिका ६ की अन्दाजी ३५ वर्षीया प्रेमा तामाङको शव बारीमा भेटिएको थियो ।
“मङ्गलबार बेलुका महिलाको शव भेटियो भन्ने खबर आएपछि पत्ताले प्रहरी चौकीबाट खटिएको प्रहरी टोली सो स्थानमा पुगेको थियो”, प्रहरी निरिक्षक मिश्रले भने, “मृतक महिलाको शरीरमा कपडा छैन, उनको केहि दिनअघि मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुमान छ ।”
शवको पोष्टमार्टमका लागि जिल्ला अस्पताल फाप्लुमा ल्याइएको उनले बताए । घटनाबारे अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
केही दिनअघि सोलुदुधकुण्ड नगरपालिका ८ केरुङ खोला किनारमा महिलाको कपडा र केही नगद समेत फेलापरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
सो खबर लगत्तै प्रहरी टोलीले अनुसन्धान अघि बढाएको थियो । कपडा कसको हो भन्नेबारे प्रहरीको अनुसन्धान जारी रहँदा ती महिलाको शव बेवारिसे अवस्थामा भेटिएको हो ।

प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहिबार  ५ : ३८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।