१० चैत्र २०८२, मंगलबार | Wed Mar 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


बनेपा र धुलिखेलमा आगलागी, पशु चौपाया मरे



४ फागुन । काभ्रेको धुलिखेल र बनेपामा आगलागी भएको छ। आगलागीमा परेर पाँच लाख भन्दा धेरैको क्षति भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

आज (शुक्रबार) बिहान धुलिखेल नगरपालिका १२ शंखु अधेरी निवासी सुमन जंग थापाको ढुंगा माटोको गारो र जस्ताको छानो भएको २ तले गोठमा एक्कासी विद्युत सर्ट भई आगलागी हुँदा गोठ जलेको छ भने एउटा गाई, ६ वटा बाख्रा मरेका छन्।

आगलागीबाट चार लाख ९० हजार मन्दा धेरैको क्षति भएको प्रहरीले जनाएको छ। प्रहरी र स्थानीयवासीको सहायतामा अढाई घण्टापछि आगलागी नियन्त्रणमा आएको छ। त्यसैगरी आज बिहान पौने पाँच बजे बनेपा नगरपालिका ३ राइमाले निवासी पुरुषोत्तम दंगालको गाईबस्तु बाँध्ने गोठमा पनि आगलागी भएको प्रहरीले जनाएको छ।

दंगालको ढुङ्गा माटोको गारो र जस्ताले छाएको २ तले कच्ची गाईगोठमा अचानक आगो लागेको हो।

प्रकाशित मिति : ४ फाल्गुन २०८०, शुक्रबार  ६ : ५७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।