२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


इमाडोल घटनाः रविनाको सुसाइड नोट ‘बच्चाहरुले दुःख पाउने भए भनेरसँगै लिएर गएँ’



४ फागुन । ललितपुरमा छोराछोरीको हत्यापछि हामफालेर आत्महत्या गरेकी रविना महर्जनको ‘सुसाइड नोट’ भेटिएको छ । शनिवार महालक्ष्मी नागरपालिका–३ इमाडोल स्थित ओचुहाइटमा दुई नाबालकको हत्या गरेर ३६ वर्षीया रविना आफ्नो घरको तेस्रो तलाबाट हामफालेकी थिइन् ।
६ वर्षीय छोरा अश्वेत र दुई वर्षीया छोरी रिवालाई रविनाले हत्या गरेपछि आत्महत्या रोजेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । रविनाले छाडेको सुसाइड नोटमा लेखिएको छ– ‘बच्चाहरुले दुःख पाउने भए भनेर सँगै लिएर गएँ ।’ आफ्ना श्रीमान र दिदीलाई प्रमाणको रुपमा म्यासेन्जरमा सुसाइड नोट पठाएको रविनाले उल्लेख गरेकी छन् ।’

प्रकाशित मिति : ४ फाल्गुन २०८०, शुक्रबार  ९ : ३४ बजे