५ माघ २०८१, शनिबार | Sat Jan 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


रातो मछिन्द्रनाथको रथमा नयाँ पाङ्ग्रा राखिँदै



४ फागुन । ललितपुरको रातो मछिन्द्रनाथको रथमा नयाँ पाङ्गग्रा राखिने भएको छ । २०८१ सालको रथजात्राको लागि नयाँ पाङ्ग्रा बनाउन श्रीपञ्चमीका दिन विधिवत् धार्मिक पूजासहित निर्माणको काम शुरु भएको रथ निर्माणमा काठको काम गर्ने टोलीका नाइके दिलकुमार बाराहीले बताए ।

ललितपुरको बेलाछेँ टोलमा पाङ्ग्रा बनाउने गरिन्छ । ४ वटा पाङ्ग्रा बनाउनको लागि सामदान जातको रुखको काठ चार फुटको १०८ टुक्रा चाहिने उनले बताए । हरेक १२ वर्षमा नयाँ पाङ्ग्रा राख्नु पर्ने चलन भए पनि यसपालि पुरानो पाङ्ग्राबाट काम लिन नसक्ने अवस्था भएकोले १२ वर्षे जात्रा नपरे पनि पाङ्गग्रा बनाउन लागिएको उनको भनाइ छ । यसभन्दा अघि २०७२ सालमा पाङ्गग्रा फेरिएको थियो भने त्यसलगत्तै रथ बिग्रेसँगै पाङ्ग्रा पनि बिग्रिएकोले २०७३ सालमा नयाँ फेरिएको थियो।

प्रकाशित मिति : ४ फाल्गुन २०८०, शुक्रबार  ९ : ५७ बजे