२६ माघ २०८२, आइतबार | Sun Feb 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


बालकुमारी घटनामा मन्त्री ज्वाला पनि दोषी रहेको जाँचबुझ आयोगको निष्कर्ष



४ फागुन । उच्चस्तरीय जाँचबुझ आयोगले दुई जनाको ज्यान जाने गरी भएको बालकुमारी घटनामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला पनि जिम्मेवार भएको निष्कर्ष निकालेको छ । मन्त्री, पीएसओ र अपरेसन कमाण्डर घटनामा जिम्मेवार रहेको आयोगको निष्कर्ष छ ।

भाषा परीक्षामा सहभागी हुनुपर्ने माग गर्दै १३ पुसमा ललितपुरको बालकुमारीस्थित ईपीएस कोरिया शाखा कार्यालय परिसरमा प्रदर्शन भएको थियो । त्यही बेला भौतिक पूर्वाधारमन्त्री ज्वालाको गाडी आएपछि प्रदर्शनकारीले रोकेका थिए ।

मन्त्री गाडी छोडेर हिँडे, तर प्रदर्शनकारीले मन्त्रीको गाडीमा तोडफोड र आगजनी गरेको अपुष्ट खबर आएपछि अर्कोतर्फ रहेको डीएसपी उमेश लम्साल नेतृत्वको प्रहरी टोली बल प्रयोग गर्दै अगाडि बढेको थियो ।

त्यसक्रममा प्रहरीले हानेको गोली लागेर अछामका वीरेन्द्र शाहको मृत्यु भयो भने अर्का मृतक दैलेखका सुजन रावतलाई बन्दुकको कुन्जाले हानेको प्रारम्भिक अनुसन्धानले देखाएको थियो ।

प्रकाशित मिति : ४ फाल्गुन २०८०, शुक्रबार  ४ : ०७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।