५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


सांसद सुनील शर्माले भने,‘रेखाको ‘उपहार’ले नेपाली चलचित्रको उचाइ बढाउने छ’



५ फागुन । मोरङ क्षेत्र नम्बर ३ का सांसद सुनील शर्माले ‘उपहार’ले नेपाली फिल्मको उचाइ अझै माथि पुर्‍याउने बताएका छन्।

शुक्रबार सार्वजनिक भएको उक्त फिल्म हेरेपछि उनले सामाजिक सञ्जाल फेसबुकमा ट्रेलर सेयर गर्दै यसो भनेका हुन्।

‘नेपाली सिने जगतकी सुपरस्टार चर्चित अभिनेत्री महिला नेतृ बहिनी रेखा थापा टिमको फागुन २५ गते शिवरात्रीको दिन चलचित्र ‘उपहार’ प्रदर्शनमा आँउदैछ। फिल्मको ट्रेलर सार्वजनिक भयो, हेरियो। निक्कै कौतुहलता जगाउने ट्रेलर हेरेपछि पक्कै पनि यो फिल्मबाट रेखा र टिमले नेपाली चलचित्रको उचाइ अझै माथि लैजाने आशा राखेको छु’, उनले लेखेका छन्।

उनले अभिनेत्री रेखा थापालाई नेतृत्वदायी भूमिका निभाउन सक्ने, हक्की, निडर र महिलाको पीर-भावना बुझ्न सक्ने क्षमतावान नारीका रुपमा आफूले चिनेको उल्लेख गरेका छन्।

प्रकाशित मिति : ५ फाल्गुन २०८०, शनिबार  १० : २७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।