२६ माघ २०८२, आइतबार | Sun Feb 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


रौटहट ईशनाथ नगरपालिकामा कर्फ्यु



५ फागुन । सरस्वतीको मूर्ति बिसर्जनको क्रममा झडप भएपछि रौतहटको ईशनाथ नगरपालिकामा कर्फ्यु लगाइएको छ। ‘ईशनाथ नगरपालिकाको वडा नम्बर ६ र ७ मा सरस्वतीको मूर्ति बिसर्जनको क्रममा दुई पक्षबीच विवाद र झडप भएको विषयलाई लिएर आज मिति २०८०/११/०५ गते घिउरामा पुनः विवाद र झडपको स्थिति उत्पन्न भएकोले’ कर्फ्यू लगाएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ।

शनिबार बेलुका ५ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यु लगाइएको हो। उक्त समयमा नगरपालिकाको सीमा क्षेत्र पूर्वमा जोकहा गाउँ, पश्चिममा सानो जोकहा गाउँ, उत्तरमा रामपुरखाप एपीएफ बीओपी र दक्षिणमा जयनगर प्रहरी चौकीको क्षेत्रभित्र आवतजावत गर्न, भेला हुन, जुलुस प्रदर्शन गर्न, घेराउ गर्न नपाइने प्रशासनले बताएको छ।

प्रकाशित मिति : ५ फाल्गुन २०८०, शनिबार  ३ : १० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।