काठमाडौं
५ फागुन । काठमाडौंको एक सहकारी कार्यालयमा मध्यराती चोरी भएको छ ।
प्रहरीका अनुसार काठमाडौंको शंखरापुर नगरपालिका ६ महादेवस्थानस्थित बज्रशिल सहकारी संस्थामा गएराती चोरी भएको हो ।
सहकारीको ढोकाको ताल्चा फुटाई नगद करिब २ लाख ५० हजार रूपैयाँ गएराति चोरी भएको प्रहरीको भनाई छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।
५ फाल्गुन २०८०, शनिबार
74
Shares
प्रतिक्रिया