५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


नेपालको पहिलो एनिमेटेड चलचित्र सलिनाको टिजर सार्वजनिक



६ फागुन । नेपालको पहिलो एनिमेटेड फिल्म ‘सलिना’को टिजर सार्वजनिक गरिएको छ। आइतबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत फिल्मको टिजर सार्वजनिक गरिएको हो। फिल्मले राजकुमारी सलिनाको कथा भन्छ।

सलिना रेनमेकर एनिमेसन एकेडेमीले निर्माण गरेको फिल्म काल्पनिक कथामा बनेको छ। तेजसराज जोशीले निर्देशन गरेको फिल्ममा ग्राफिक कलाकार सगिन महर्जन, अविनाश सिंह थारु र शिरभा मानन्धर छन्।

नेपाली प्राविधिक र नेपाली भाषामा निर्माण गरिएको नेपालकै पहिलो एनिमेटेड फिचर फिल्म हो। यसमा पाश्र्व आवाज बाहेक अन्य कुनै भौतिक पात्रको प्रयोग भएको छैन।

फिल्ममा आवाज दिने कलाकारहरूमा बेनिशा खतिवडा, अदिती ज्ञवाली, एज्मे कुइंकेल, झरना राई, तेजसराज जोशी, सुशील नेपाल, देव न्यौपाने, शिव पुरी, युविन पुजारी, जुना थापा, कुमार न्यौपाने, प्रकाश अधिकारी, रोशन भट्ट, सगिन महर्जन, अविनाश सिंह थारु, शिरभा मानन्धर, विराज खड्का, लजना श्रेष्ठ, श्रुति श्रेष्ठ, सुदिष्णा श्रेष्ठ, सुनिना शाक्य र कृष्मा राजकर्णिकारलगायत रहेका छन्।

तेजसराज जोशी र श्रुति श्रेष्ठले निर्माण गरेको फिल्मलाई शिव पुरी र श्रुति श्रेष्ठले सम्पादन गरेका छन्। फिल्मलाई श्री ब्यांकटेश इन्टरटेनमेन्ट प्रालीको तर्फबाट मनोज राठी र उज्वल पौडेलले वितरण गर्दैछन्।

यो फिल्म चैत १६ गतेदेखि प्रदर्शन हुनेछ।

प्रकाशित मिति : ६ फाल्गुन २०८०, आइतबार  ११ : ३२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।