७ फागुन । ललितपुरको पुल्चोकमा केन्द्रिय कार्यालय रहेको श्री लाली गुराँस सहकारीको २३औं र २४औं साधारण सभा अन्तिम दिन आइतबार स्थगित भएको छ ।
केही समयअघि पुल्चोकस्थित कार्यालयमा मंसिर ७ गते साधारण सभा गर्ने भन्दै सूचना प्रकाशित गरेको यस सहकारीले वैधानिकताको लागि शेयरधनी सदस्यहरुको गणपुरक संख्या ५१% हुनुपर्ने व्यवस्था भएको भन्दै सभा हल अपर्याप्त रहेको भन्दै स्थगित गरेको जानकारी दिएको छ ।
दुई महिना अघि संस्थाले पुस मसान्तभित्र आफ्नो २३औं र २४ औं साधारणसभा आयोजन ागर्ने भन्दै सूचना प्रकाशित गरेको थियो । तर सहकारीले फागुन ७ गतेको मितीमा साधारण सभा गर्ने तय गरेको अर्को सूचना प्रकाशित गरेको भए पनि साधारण सभा भने गरेन ।
सहकारीले फागुनभित्र साधारण सभा गर्ने जानकारी दिएको छ । सहकारीले बचतकर्ताको बचत रकम फिर्ता नगरेको भन्दै सहकारी विभागमा उजुरी परेपछि सहकारीका सञ्चालक सम्भावित विरोध टार्न साधारण सभा स्थगित गर्ने निर्णयमा पुगेको बुझिएको छ ।
एक बर्षदेखि सहकारीका बचतकर्ताको पैसा ५ हजारका दरले फिर्ता गर्दै आएको सहकारीले पछिल्लो समय त्यो रकम समेत फिर्ता गरेको छैन । गत महिनासम्म चेकमा टोकन भन्दै मिती लेखेर पालो कुराए पनि टोकन प्रणाली समेत रोकेपछि बचतकर्ता विखलबन्दमा परेका छन् ।
प्रतिक्रिया