ललितखबर
९ फागुन । हास्य कलाकार पवन खतिवडा घाइते अवस्थामा रहेको युट्युवहरुमा भिडियो सार्वजनिक भएको छ ।
सर्मिला वाइवा र कलाकार खतिवडाकी श्रीमती सुम्निमा खालिङले आफूलाई कुटपिट गरेर घाइते बनाएको कलाकार खतिवडाले आरोप लगाएका छन् । गएको साडे दुई बर्षदेखि आफूमाथि कुटपिट हुने गरेको उनले बताएका छन् ।
उनको अनुहारभरि चोट देखिएको छ । सार्वजनिक भिडियोमा उनले भनेका छन्, ‘महिला रुदै संचारमाध्यमहरुमा आउदैमा सबै कुरा सही हुँदैन । म वास्तविक तथ्य पछि सार्वजनिक गर्छु ।’
आफूले गल्ती गरेको भेटिए जस्तोसुकै सजाय भोग्ने बताएका छन् ।
सार्वजनिक भिडियोमा उनी सबै कुरा बोल्न चाहेका छैनन् । घर झगडालाई कानूनी रुपमा टुंगाउने तर्क गर्दै कलाकार खतिवडाले धेरै कुरा कलाकार र संचारमाध्यमहरुलाई जानकारी रहेको उनको भनाई छ । खतनाक खेलमा आफू फसेको भन्दै उनी आफ्नी श्रीमतीले उनले सुधार केन्द्रमा राखेर लामो समयसम्म यातना दिएको भिडियो सार्वजनिक गरेको कलाकार खतिवडा बताउछन् ।
आफूमाथि व्याकमेलिङको पराकाष्टा भएको भन्दै सबै कुरा सार्वजनिक गर्ने सार्वजनिक भिडियोमा उनले बोलेका छन् ।
कलाकार खतिवडाको श्रीमती खालिङले भने पत्रकार सम्मेलन गर्दै आफ्ना श्रीमान्ले रक्सि खुवाएर पागलजस्तो बनाएको र सुधार केन्द्रमा आफ्ना माइती पक्षलाई जानकारी समेत नदिई १० महिनासम्म यातना दिएको आरोप लगाएकी छिन् । कलाकार समेत रहेकी सुम्निमा खालिङले ३ वर्षअघि विवाह गरेको र श्रीमान् खतिवडा परस्त्रिसँग सम्बन्धमा रहेकाले सम्बन्ध विच्छेद गर्न चाहेको आरोप लगाएकी छिन् ।
पत्रकार सम्मेलनबाट फोन गरेर सुम्निमाले पत्रकारहरुको जिज्ञासाको उत्तर दिन आदेशात्मक आग्रह गरेपछि हास्य कलाकार खतिवडा अदालतमा जान लागेको विषयमा बोल्न नचाहेको सुन्न सकिन्छ । एक पत्रकारले भने भिडियो रिर्पोट व्यालेन्स बनाउ खोजेको र आफ्ना कुरा बोल्न दबाव दिएको समेत भिडियोमा रहेको छ ।
प्रतिक्रिया