काठमाडौं
११ फागुन । आजबाट देशभरका चलचित्र भवनहरुमा चलचित्र ‘गोर्खा वारियर’ प्रर्दशन सुरु भएको छ ।
दोश्रो विश्व युद्धका क्रममा सन् १९४९ मा मलाया जंगलमा गोर्खाली सेनाको टुकडी विपक्षीको कव्जामा परेको सन्दर्भमा चलचित्र निर्माण गरिएको निर्देशक मिलन चाक्सले बताएका छन् ।
गोखाली सेनालाई विपक्षीको कव्जाबाट फिर्ता ल्याउन गोर्खा सैनिकले गरेको युद्ध र सहासलाई चलचित्रमा समेटिएको निर्देशक चाक्स बताउछन् ।
चलचित्रको मुख्य पात्र गोर्खा सेनामा काम गरेका रितेश चाक्स छन् । चलचित्रमा विजय लामा, रेअर राई, रेबिका गुरुङलगायतको अभिनय हेर्न पाइन्छ ।
वार जनरामा निर्माण भएको चलचित्र गोर्खा वारियर संसारभरका दर्शकले चासो दिएर हेर्ने निर्देशक चाक्सले ललितखबरलाई बताए । भने, ‘संसारभर वार जनराका छुट्टै दर्शक छन् । हामीले चलचित्रमार्फत वास्तविक युद्ध कला समेत पस्केका छौं ।’
चलचित्रको द्वन्द निर्देशन हिमाल केसी र छायांकार सुदिप बराल रहेका छन् ।
निर्माण पक्षले चलचित्र वेलायतको आइम्यास चलचित्र भवनमा पनि प्रिमियर गरेको छ । पछिल्लो समय धरान, पोखरा र काठामाडौंमा भव्य प्रिमियर आयोजना गरेर चलचित्रको चर्चा बटुल्न निर्माण पक्षले मेहनत गरेको छ ।
प्रतिक्रिया