२ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


संसद बैठक अवरुद्ध गर्दै एमालेले माग्यो तीन मन्त्रीको राजिनामा



११ फागुन । नेकपा एमालेले संसद अवरुद्ध गर्दै तीन जना मन्त्रीको राजिनामा मागेको छ ।
शुक्रबार व्यवस्थापिका संसद बैठकको क्रममा बोल्दै नेकपा एमालेका सांसद योगेश भट्टराईले सरकारमा रहेका मन्त्रीहरूमाथि नैतिक प्रश्न उठाउँदै मन्त्रीहरूको राजीनामा मागेका हुन् ।

बालकुमारी घटना जाँचबुझ आयोगले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालामाथि नैतिक प्रश्न उठाएको भन्दै उनले राजिनामा मागे । उनलले जाँचबुझ आयोगको प्रतिवेदन संसदमा पेश गर्न माग समेत गरेका छन्।
उनले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि हत्याको नैतिक जिम्मेवारी लिनुपर्ने र टेरामक्स घोटाला प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगाल पुगेर स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बस्नेतले बयान दिएको भन्दै एमालेले उनको पनि राजीनामा मागेको हो ।
झण्डा हल्लाएर अख्तियार कार्यालयमा जानु अघि नैतिकताको आधारमा राजिनामा दिएर बयान दिनु पर्ने उनको तर्क छ ।

संस्कृति, पर्यटन तथा नागरिक मन्त्री सुदन किरातीले लुम्बिनीको रामग्रामलाई ९९ वर्षका लागि लिजमा दिएको भन्दै भट्टराईले उनको राजीनामा मागे ।

प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार  ६ : १५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।