ललितखबर
११ फागुन । चलचित्र ‘गोर्खा वारियर’लाई शुभकामना समेत नदिएको भन्दै निर्देशक मिलन चाक्सको चित्त दुखेको भनाई सार्वजनिक गरेको केही दिनमै शुभकामना सन्देस सार्वजनिक भएको छ ।
विकास बोर्डका अध्यक्ष भुवन केसीले सामाजिक सञ्जालमार्फत शुभकामना सन्देस रहेको पत्र सार्वजनिक गरेका हुन् । उनले ‘आजबाट प्रर्दशनमा आएको चलचित्र ‘गोर्खा वारियर’ लाई शुभकामना’ भन्दै शव्द खर्चेका छन् ।
चलचित्र ‘गोर्खा वारियर’ केही साताअघि बेलायतको प्रतिष्ठित आइम्याक्स सिनेवर्ल्डमा ‘गोर्खा वारियर्स’को प्रिमियर गरिएको थियो । चलचित्रमा विशिष्ट पाहुना सहित नेपालबाट सयौं शुभेच्छुक र कलाकार लण्डन लगेर निर्देशकले प्रिमियर आयोजना गरेका थिए ।
प्रिमियरका लागि वेलायतका प्रधानमन्त्री ऋषि सुनकले समेत शुभकामना सन्देस पठाएको सन्दर्भमा नेपाली चलचित्रलाई चलचित्र विकास बोर्डले कुनै शुभकामना नदिएको भन्दै आलोचना गरिएको थियो ।
चलचित्र निर्देशक ज्ञानेन्द्र देउजाले राजधानीमा भएको प्रिमियर कार्यक्रममा चलचित्रले इतिहास देखाएको भन्दै नेपाल सरकारले निर्देशक मिलन चाक्सलाई सम्मान गर्न र विशेष चलचित्र घोषणा गर्न माग गरेका थिए ।
राजधानीमा गतबुधबार आयोजना गरिएको प्रिमियरमा पुर्वप्रधानमन्त्री केपी ओलि, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनलगायत उपस्थित भएर चलचित्र हेरेका थिए ।
चलचित्र आजबाट देशभरका चलचित्र भवनहरुमा प्रर्दशन सुरु भएको छ ।
११ फाल्गुन २०८०, शुक्रबार
22
Shares
प्रतिक्रिया