१० चैत्र २०८२, मंगलबार | Wed Mar 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


नापी कार्यालय ललितपुरका नापी सर्भेक्षक यादवसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर



११ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय ललितपुरका नापी सर्भेक्षक रामवीर यादवसहित पाँच जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले नापी सर्भेक्षक रामवीर यादव, लेखापढी काम गर्ने दिनेश बन्जरा र विनोद अधिकारी त्यसैगरी मालपोत कार्यालय, ललितपुरका नायब सुब्बा प्रदीप पौडेल तथा लेखापढी व्यवसायी आशिषराज बस्नेत विरुद्ध मुद्दा दायर गरको हो।

गत माघ ९ गते अख्तियार टोलीले सर्भेक्षक यादव, लेखापढी काम गर्ने दिनेश बन्जरा र विनोद अधिकारीलाई सेवाग्राहीबाट दुई लाख ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो। यादवले सेवाग्राहीसँग जग्गा कित्ताकाट गरी जग्गाधनी प्रमाण पूर्जा बनाई दिएवापत घुसररिसवत दुई लाख ५० हजार रुपैयाँ माग गरेको पाइएको थियो। माग गरेको घुस रकममध्ये जग्गा कित्ताकाट गर्नेरगराउने प्रयोजनको लागि एक लाख ५० हजार रुपैयाँ रकम विचौलिया विनोद अधिकारीलाई लिन लगाएका आयोगले जनाएको छ।

अख्तियारले पाँचै जनाले आपसी मिलोमतोमा जग्गा कित्ताकाट गरी जग्गाधनी प्रमाण पूर्जा बनाउनरबनाई दिएवापत घुसररिसवत लिए लिन लगाएको पुष्टि भएको जनाएको छ। उनीहरू सबैलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम कसुरमा बिगो, कैद र सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम बिगो बमोजिम जरिवाना हुन मागदाबी लिइएको छ।

सर्वेक्षक यादवविरुद्ध २ लाख ५० हजार, बिचौलिया अधिकारीविरूद्ध १ लाख ५० हजार, मालपोतका नायव सुब्बा पौडेलविरुद्ध १ लाख रुपैयाँ तथा लेखापढी व्यवसायी आशिषराज बस्नेत र लेखापढी काम गर्ने दिनेश बन्जाराविरूद्ध १ लाख रुपैयाँ माग दाबीसहित मुद्दा दायर गरिएको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार  ११ : १७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।