२ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


बदनियत र छानबिनमा रहेका मन्त्रीलाई बर्खास्त गर्न एमालेको माग



१३ फागुन । नेकपा एमालेले बदनियत बोकेका र छानबिनमा रहेका मन्त्रीलाई बर्खास्त गर्न माग गरेको छ। आइतवार बसेको प्रतिनिधिसभा बैठकमा एमालेका प्रमुख सचेतक पदम गिरीले चार मन्त्रीलाई बर्खास्त गर्न माग गरेका हुन्।

उनले बालकुमारी घटनाका दोषी भौतिक मन्त्री (प्रकाश ज्वाला) र बालकुमारी घटनामा दुई जनालाई कत्लेआम गर्न आदेश दिने गृहमन्त्री (नारायणकाजी श्रेष्ठ) लाई तत्काल बर्खास्त गर्न माग गरेका हुन्।

त्यस्तै, गिरीले अख्तियारको निगरानीमा रहेका स्वास्थ्य मन्त्री (मोहन बस्नेत) पनि पदमा बहाल गर्न नमिल्ने भन्दै उनलाई बर्खास्त गर्न माग गरे।गिरीले पुरातात्विक क्षेत्र रामग्रामलाई एउटा निजी कम्पनीलाई ९९ वर्ष लिजमा दिने जस्तो बदनियतपूर्ण काम गरेको भन्दै पर्यटन मन्त्री र लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामालाई तत्काल कारबाही गर्नुपर्ने र बर्खास्त गर्नुपर्ने माग राखेका छन् ।

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आइतबार  ७ : ०४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।