३ पुस २०८२, बिहिबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


सुन जस्तो देखिने वस्तुसहित विमानस्थलबाट भारतीय महिला पक्राउ



१३ फागुन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन जस्तो देखिने वस्तुसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । सुन जस्तो देखिने पहेँलो रङको वस्तुले लेपन गरिएको करिब ७ सय ग्राम र शङ्कास्पद धुलो रहेको कफीको ३ वटा प्याकेटमा रहेको ७ सय ४० ग्राम गरी जम्मा १ किलो ४ सय ४० ग्रामसहित भारतीय नागरिक ३७ वर्षीया तशलिम सुलताना बुस्रा शनिबार दिउँसो पक्राउ परेकी हुन् ।

नेपाल एयरलाइन्सको उडानद्वारा दुबईबाट काठमाडौँ आएकी उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटमा चेकजाँच गर्ने क्रममा उक्त वस्तुसहित फेला पारी प्रहरीले उनलाई पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागी भन्सार कार्यालय गौचरमा पठाइनेछ ।

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आइतबार  १ : ४९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।