१० चैत्र २०८२, मंगलबार | Wed Mar 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


पशुपतिनाथको हडपिएको जग्गा खोज्न पूर्वसचिव रेग्मीको नेतृत्वमा समिति गठन



१३ फागुन । पशुपति क्षेत्र विकास कोषको जग्गा खोजीका लागि पूर्वसचिव दामोदर रेग्मीको नेतृत्वमा समिति गठन भएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्री स्तरीय निर्णय गर्दै पशुपति क्षेत्र विकास कोषको नाममा देशभर रहेको जग्गा खोजीका लागि समिति गठन गरेको हो ।

मन्त्रालयले आइतबार ५ सदस्यी समिति गठन गरेको हो ।

समितिमा पूर्वसहसचिव देवराज ढकाल, पशुपति क्षेत्र विकासकोषका कानुनी सल्लाहकार हरिनाथ ढकाल, मन्त्रालयका उपसचिव शिवराज रेग्मी र पशुपति क्षेत्र विकासकोषका सदस्य सचिव राजु केसी रहेका छन् । समितिलाई ३ महिनाको समय दिइएको छ ।

गुठी र क्षेत्र विकास कोषका नाममा लिच्छबी कालबाटै विभिन्न दाताहरुले दान गरेको जग्गा पछिल्ला समय व्यत्तिले हडप्ने क्रम बढेसंगै खोजीका लागि समिति बनाइएको हो ।

काठमाडौं उपत्यकामा रहेको जग्गा व्यवस्थापनका लागि क्षेत्रविकास कोषले काम अगाडि बढाइ सकेको छ । अवैधरुपमा बनेको संरचना भत्काउन थालिएको मन्त्रालयले जनाएको छ । पशुपतिनाथको नाममा देशभरनै जग्गाहरु रहेको र यसलाई व्यवस्थित गर्न उच्च स्तरीय समिति गठन गरिएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले बताए ।

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आइतबार  ४ : ३४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।