२ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


निजगढको एक वर्कसपमा ग्याँस सिलिन्डर विस्फोट हुँदा एक जनाको मृत्यु



१४ फागुन । निजगढकाे एक वर्कसपमा ग्याँस सिलिन्डर विस्फोट भएर आगलागी भएकाे छ । सोमबार दिउँसाे निजगढकाे सहिदचोकस्थित रोहित वर्कसपमा आगलागी हुँदा एक जनाकाे मृत्यु भएकाे छ भने ४ जना घाइते भएका छन् ।

वर्कसपमा कामदारहरुले काम गरिरहेकाे समयमा अचानक ग्याँस सिलिन्डर पड्किएकाे थियाे । सिलिण्डर विष्फाेट भएर आगलागी हुँदा ४ जना घाइते भएका हुन्। जसमध्ये दुईजनाको अवस्था गम्भीर रहेको छ ।

घाइते हुनेमा भारतका २० वर्षीय अरविन शाह र ३५ वर्षीय राकेश जैसवाल रहेका छन् । २० वर्षीय रितु रजतकाे भने ठेगाना खुलेकाे छैन । निजगढ नगरपालिका ५ बस्ने ४५ वर्षीय सूर्यबहादुर थापाको अवस्था भने सामान्य घाइते भएका छन् ।

हाल घाइतेहरूको निजगढ नगरपालिका– ९ स्थित निजगढ सामुदायिक अस्पतालमा उपचार भइरहेको छ। प्रहरीका अनुसार यस विषयमा थप अनुसन्धान भइरहेकाे छ ।

 

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार  १० : १९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।