२५ माघ २०८२, शनिबार | Sun Feb 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


अख्तियारले डामेको र सरकारी जग्गामा आँखा गाडेका मन्त्रीलाई घर पठाइदिऔं’



१३ फागुन । नेपाली कांग्रेसका सांसद गगन थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डामेका मन्त्रीहरूलाई घर पठाउनुपर्ने बताएका छन् ।

सोमबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा परेका, सरकारी जग्गा हिनामिनामा मुछिएका, नागरिकता र सहकारी ठगीमा विवादित मन्त्री र सांसदहरुलाई घर पठाउन आग्रह गरेका हुन् ।

सांद थापाले भने, ‘आसन (सभामुखको आसन) को दाँया बस्ने होस् कि बाँया बस्ने होस् । काखैको होस् कि पाखैको होस् । अख्तियारले डामेको, आयोगले पोलेको र सरकारी जग्गामा आँखा गाडेको झण्डावालको झण्डा छोपेर घर पठाइदिऔं ।’

उनले यसो गर्न सके मिटरब्याज, दुग्ध किसानले मूल्य नपाएका र एनसेल प्रतिवेदनका बारेमा संसदमा सार्थक छलफल गर्न सकिने नभए संसदमा दोहोरी चलिरहने बताए ।

कांग्रेस महामन्त्रीसमेत रहेका थापाले केही दिनदेखि संसदमा एकअर्कालाई दागी देखाउने काम भइरहेको बताए । छानबिनबाट निर्दोष भएकालाई स्वागत गर्ने र दोषी भएकालाई दण्ड दिनुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार  १० : ४५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।