११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


महाराजगन्जका यी ठाउँमा अबको एक साता जाँदै छ दैनिक चार घण्टा बिजुली



१६ फागुन । नेपाल विद्युत् प्राधिकरणले काठमाडौँको महाराजगन्ज क्षेत्रका केही ठाउँमा अबको सात दिन चार घण्टासम्म विद्युत आपूर्ति बन्द हुने जनाएको छ।

महाराजगन्ज क्षेत्रको केही ठाउँमा विद्युत् लाइन भूमिगत गर्नुपर्ने भएकाले बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म विद्युत आपूर्ति बन्द गर्न लागिएको प्राधिकरणको बुधबार जारी गरेको सूचनामा उल्लेख छ।

आज महाराजगन्जको मिनिसोदेखि पञ्चकन्या स्कुलसम्मको क्षेत्रमा बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म विद्युत सेवा अवरुद्ध हुनेछ।

त्यसैगरी भोली (फागुन १७ गते) गोंगबु, सामाखुसी, टाउन प्लानिङ क्षेत्रमा बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म बत्ती जानेछ भने १८ गते चपली घुम्ती चोक र पासिकोट क्षेत्र, १९ गते हेपालीहाइटदेखि धापासी विद्यालय हुँदै दाहाल गौंडासम्मको क्षेत्रमा ४ घण्टासम्म विद्युत् आपूर्ति बन्द हुनेछ।

त्यसैगरी २० गते लाजिम्पाटदेखि राष्ट्रपति भवन, टुँडालदेवीसम्मको क्षेत्र, २१ र २२ गते गोल्फुटारदेखि ह्याम्स अस्पतालसम्मको क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुने छ।

 

प्रकाशित मिति : १६ फाल्गुन २०८०, बुधबार  ५ : १५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।