२५ माघ २०८२, शनिबार | Sun Feb 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


राष्ट्रियसभा अध्यक्षको कार्यकाल सकिदै, माओवादीले उम्मेदवारी दिने



काठमाडौँ
१६ फागुन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले राष्ट्रियसभा अध्यक्षको निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारी दिने भएको छ ।
पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति बैठकले उक्त निर्णय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
“यद्यपि, यस सम्बन्धमा गठबन्धनभित्र पनि छलफल हुनेछ, छलफलबाटै निष्कर्षमा पुगिने छ, अहिले हाम्रो पार्टीले पनि उम्मेदवारी दिने निर्णय गरेको छ”, उनले भने । बैठकमा राष्ट्रियसभा अध्यक्षमा माओवादीले दाबी गर्नुपर्छ भनेर अधिकांश सदस्यले धारणा राख्नुभएको उनले जानकारी दिए ।
राष्ट्रियसभा अध्यक्षको पद यही फागुन २० गतेदेखि रिक्त हुँदैछ । उक्त पदमा सत्ता गठबन्धनभित्रकै विभिन्न दलले दाबी प्रस्तुत गरिरहेका छन् । हाल राष्ट्रिय सभाका अध्यक्ष रहेका गणेश तिमल्सिना नेकपा एमालेका सासंद रहेका अवस्थामा निर्वाचित भएका थिए ।

प्रकाशित मिति : १६ फाल्गुन २०८०, बुधबार  ७ : ०० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।