२४ माघ २०८२, शुक्रबार | Sat Feb 7 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


पाँचखालमा अमेरिकासहित १८ देशका ११ सय ६२ सैनिक



१६ फागुन । काभ्रेपलान्चोकको पाँचखालमा अमेरिकासहित १८ देशका सैनिकहरू जम्मा भएका छन् । अभ्यास शान्ति प्रयास–४ अन्तर्गत संयुक्त तालिममा सहभागी हुन उनीहरू पाँचखालमा आएका हुन् । अमेरिका र अस्ट्रेलियासहित १८ देशका सैनिकहरूलाई ‘संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसन’ मा कसरी काम गर्ने भन्नेबारे तालिम सञ्चालन भइरहेको नेपाली सेनाले जनाएको छ ।

अमेरिका, अस्ट्रेलिया, पाकिस्तान, बङ्गलादेश, फिजी, घाना, मलेसिया, इन्डोनेसिया, मङ्गोलिया, थाइल्यान्ड, उरुग्वे, दक्षिण कोरिया, श्रीलङ्का, भियतनाम, क्यानडा, फिलिपिन्स, नाइजेरिया र अमेरिकन सैनिकले तालिम लिइरहेका हुन् । ८ फागुनमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तालिम शुभारम्भ गरेका थिए ।

प्रकाशित मिति : १६ फाल्गुन २०८०, बुधबार  १० : ५६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।