११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


लाजिम्पाटबाट १२ लाख रुपैयाँसहित चिनियाँ नागरिक पक्राउ



१६ फागुन । काठमाडौं लाजिम्पाट एरियाबाट १२ लाख रुपैयाँसहित चिनियाँ नागरिक पक्राउ परेका छन्। अवैध रुपमा हुन्डीको कारोबार भइरहेको सूचनाका आधारमा प्रहरीले चीनको संघाई शहर घर भई हाल भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–३ गठ्ठाघर बस्ने राहदानी नं ईजे ७२७९०५१ वाहक वर्ष २८ को झोउ जियाउ पक्राउ परेका हुन्।

शरीर खानतलासी गर्दा निजले बोकेको झोलाभित्र नेपाली एक हजार दरको नोट ८०० थान र रू ५०० दरको नोट ८०० थान गरी १२ लाख रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १६ फाल्गुन २०८०, बुधबार  २ : ११ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।