काठमाडौं । काठमाडौं जिल्ला अदालतबाट लगातार हेलमेट चोरेको आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा घर भएका संजय थापा मगर छन् ।
अदालतको गेटबाट लगातार हेलमेट चोरी भएपछि ‘एम्बुसिङ’ गरेर आरोपीलाई पक्राउ गरिएको जिल्ला अदालत काठमाडौंले जनाएकाे छ । जिल्ला अदालत काठमाडौंको सुरक्षामा खटिएका सादा पोशाकका प्रहरीले उनलाई पक्राउ गरेका हुन् । आरोपीले ४५ हजारसम्म पर्ने हेलमेट चोरी गरेका हुन् । चोरेको हेलमेट पठाओ राइडरलाई बेच्ने गरेको उनले प्रहरीलाई बताएका छन् ।
१७ फाल्गुन २०८०, बिहिबार
144
Shares
प्रतिक्रिया