२ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


टिपरले दियो बोलेरोलाई ठक्कर, दुई जनाको मृत्यु, पाँच घाइते



बेलबारी (मोरङ)
१८ फागुन । दमकबाट तमोर करिडोर हुँदै फिदिम जाँदै गरेको बोलेरोलाई टिपरले ठक्कर दिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
पूर्वपश्चिम लोकमार्गअन्तर्गत मोरङको बेलबारी ३ पुरानो मालपोत अगाडि आज बिहान भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख प्रहरी निरीक्षक तेजबहादुर दाहालले जानकारी दिए ।

उनका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्र१ख ९६७६ नम्बरको टिपरले पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको एक बसलाई ठक्कर दिँदै सोही दिशामा रहेको मे१ज २८५६ नम्बरको बोलेरोलार्ई ठक्कर दिएको थियो ।
मृत्यु हुनेमा बोलेरोमा सवार झापा कमल गाउँपालिकाका ५२ वर्षीय यदुकान्त भट्टराई र सोही ठाउँका ४४ वर्षीया गीता खनालको घटनास्थलमै मृत्यु भएको र अन्य पाँच जना गम्भीर अवस्थामा रहेका प्रहरी निरीक्षक दाहालले बताए । ्
घाइतेको न्यूरो अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार  ४ : २२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।