१८ फागुन । नाइट क्लबमा काम गर्ने युवतीमाथि काठमाडौँ गोठाटारमा सामूहिक बलात्कार भएको छ । माघ २० मा दुई जना मिलेर २२ वर्षीया युवतीलाई गोठाटारस्थित एउटा होटलमा बलात्कार गरेका हुन् ।
बलात्कारमा संलग्न आरोपमा प्रहरी वृत्त नयाँ बानेश्वरले सिन्धुपाल्चोक घर भएका पदम घयाम्जो तामाङलाई पक्राउ गरेको थियो । जिल्ला अदालत काठमाडौँले तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।
अभियुक्त तामाङ ट्याक्सी चालक हुन् । बलात्कारमा संलग्न अर्का एक जना फरार छन् ।
१८ फाल्गुन २०८०, शुक्रबार
796
Shares
प्रतिक्रिया