१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको कुलेश्वर र काभ्रेको बनेपामा महिला र पुरुष मृत फेला



१८ माघ । काठमाडौंको कुलेश्वर र काभ्रेको बनेपामा एक एक जना महिला र पुरुष मृत फेला परेका छन् ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका १४ स्थित कुलेश्वर बुद्ध बिहार अगाडि पार्कमा काठमाडौं महानगरपालिका ४ धुम्बराही घर भई काठमाडौं कुलेश्वर बस्ने ५७ वर्षीय राजु देबकोटा शुक्रबार मृत अवस्थामा फेला परेका हुन् ।
साथै काभ्रे, धुलिखेल नगरपालिका ९ काभ्रेभन्याङ पुरानो छाँप घर भई बनेपा नगरपालिका १३ भैसेपाटीमा डेरा गरी बस्ने ८३ वर्षीया लक्ष्मी तामाङ आफ्नै कोठामा शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् ।
घटनाहरुका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार  २ : ५७ बजे