काठमाडौं
१८ फागुन । सेन्सर बोर्डद्वारा चलचित्र ‘रंगेली’को नाममा आपत्ती जनाउदै रोकेको छ ।
रंगेली नगरपालिकामा चलचित्र छायाँकन गरिएको र यस ठाँउको बद्नाम हुनसक्ने आशंकामा चलचित्रको सेन्सर रोकिएको बुझिएको छ ।
बोर्डले स्थानीय सरकारको सहमति छ कि छैन भनेर हामीले बुझ्न र चलचित्रको बारे छलफलकै रहेको एक बोर्ड सदस्यको भनाई छ ।
चलचित्र सुटिङको लागि लिएको अनुमति पत्र, केही दृश्य र संवाद मिलाएर आउन निर्माण पक्षलाई बोर्डले निर्देशन दिएको छ ।
निर्देशक अर्जुन सुवेदीले चलचित्रको नाम ग्याङस्टर ‘रंगेली’ राखेको भएपनि पछि विवाद हुने देखेर नाम परिवर्तन गरेर ‘रंगेली’ राखेका थिए ।
चलचित्र फागुन २५ देखि देशभर प्रदर्शन मिती तय गरिएको भए पनि सेन्सर रोकिदा प्रर्दशन हुने नहुनेमा शंका उत्पन्न भएको छ ।
आगामी शुक्रबार फागुन २५ गते चलचित्र काँडेतार, उपहार र ‘रंगेली’ एकै दिनदेखि प्रर्दशन हुने मिती तय भएको हो । शिवरात्री र शनिबार लगातार विदा परेकाले चलचित्रले राम्रो कमाई हुने अवसर छोपेर निर्माण पक्षले यो मिती छनौट गरेका हुन् ।
१८ फाल्गुन २०८०, शुक्रबार
84
Shares
प्रतिक्रिया