२५ माघ २०८२, शनिबार | Sun Feb 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


गठबन्धनमा भुकम्प : एमाले नयाँ ढङ्गले अगाडि बढ्न तयार रहेको निष्कर्ष



भक्तपुर
२१ फागुन । नेकपा (एमाले)ले वर्तमान सत्ता गठबन्धन टुटेमा एमाले नयाँ ढङ्गले अगाडि बढ्न तयार रहेको निष्कर्ष निकालेको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा आज आकस्मिक रुपमा बसेको पार्टीको सचिवालय बैठकले सो निष्कर्ष निकालेको हो ।

बैठकपछि सञ्चारकर्मीसंग कुराकानी गर्दै एमाले नेता प्रदीप ज्ञवालीले प्रधानमन्त्री पुष्पकमल दाहालले गठबन्धन टुटाउन तयार भए एमाले नयाँ ढ¬ङ्गले अघि बढ्न तयार रहेको बैठकले निष्कर्ष निकालेको बताए ।

उनले भने, “सत्ता गठबन्धन सङ्कटमा परेको देखियो, प्रधानमन्त्री के गर्नुहुन्छ, त्यो उहाँको कुरा हो, उहाँमाथि भर पर्छ । गठबन्धन टुटाउन उहाँ तयार हुनुभयो भने हामी नयाँ ढङ्गले छलफल गर्न तयार छौँ ।”

प्रधानमन्त्रीसँग नयाँ ढङ्गले छलफल गर्न सकिने बैठकले निर्णय गरेको उनले जानकारी दिए ।
यसैबीच एमाले बैठक सम्पन्न भएलगत्तै बालकोटमा एमाले अध्यक्ष ओली र जनमत पार्टीका अध्यक्ष सिके राउतबीच छलफल भइरहेको छ ।
अध्यक्ष ओलीसँग छलफल गर्न राउत बालकोट पुग्नुभएको हो । अध्यक्ष ओली र राउतबीच वर्तमान राजनीतिक घटनाक्रमका बारेमा छलफल जारी रहेको अध्यक्ष ओलीका प्रेस संयोजक रामकृष्ण बजगाईले जानकारी दिए ।
–––

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार  ४ : ३३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।